'अक्वा त्रिदेव' बाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि २ लाख रुपैयाँ जरिबाना

 साउन ३१, २०८१ बिहीबार ९:१०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – 'अक्वा त्रिदेव' ब्रान्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाण्डौ महानगरपालिकाले दुई लाख रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ । यो तारकेश्वर नगरपालिका वडा नम्बर १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इन्डस्ट्रीले उत्पादन गरेको पानी हो ।

निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार साउन २५ गते गोङ्गबु क्षेत्रबाट विभिन्न पाँच वटा ब्रान्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमूना लिएर काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । परीक्षणमा 'अक्वा त्रिदेव' ब्रान्डको पानीमा फिकल कोलिफर्म भेटिएको महानगरको भनाइ छ ।

डा. झाकाअनुसार जरिबाना गरिएसँगै यो ब्याचमा उत्पादन भएको सबै पानी बिक्रीमा प्रतिबन्ध लगाइएको छ । पानीको नमूनामा पानीको कोलिफर्म शून्य नभएसम्म यो प्रतिबन्ध कायम हुनेछ ।

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया