सङ्खुवासभाको खाँदबारीमा ८ घर पहिरोको उच्च जोखिममा

 साउन ३१, २०८१ बिहीबार १७:२०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका-५ रमितेमा ८ घर पहिरोको उच्च जोखिममा परेका छन् । गाउँ माथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र पहिरो भएको ठाउँमा दुई वटा ठूला–ठूला ढुङ्गा रहेको कारणले पहिरोसँगै ढुङ्गा खस्ने खतरा बढेको छ ।

स्थानीय रामबहादुर गुरुङले लगातार वर्षा भइरहेकाले पहिरो जुनसुकै समय खस्न सक्ने खतरा रहेको बताउनुभयो । उहाँले पहिरोका कारण रातमा निन्द्रा नलाग्ने गरेको गुनासो गर्दै ढुङ्गा हटाउन पालिकाले सहयोग गर्नुपर्ने बताउनुभयो ।

पहिरो रोकथामका लागि अघिल्लो वर्ष तारजालीसहित पर्खाल लगाए पनि समस्याको समाधान भएको छैन । पहिरोको जोखिम बढेको खवर आएपछि खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्य, खाँदबारी ५ का वडाध्यक्ष टंकबहादुर घिमिरे, लगायतले अवलोकन गर्नुभएको छ । 

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया