एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
उत्तर कोरियाले विदेशी पर्यटकका लागि आफ्नो सीमा खुला गर्ने भएको छ । उत्तर कोरियाले सन् २०२० को शुरुमा कोभिड महामारीको समयमा आफ्नो सीमा बन्द गरेको थियो । साढे चार वर्षपछि अहिले उत्तर कोरिया सरकारले एउटा शहर पर्यटकका लागि खोल्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।
दुई वटा चिनियाँ ट्राभल एजेन्सीहरुले पर्यटकहरूलाई चाँडै नै उत्तर कोरियाली पहाडी शहर सामजोन भ्रमण गर्न अनुमति दिन सकिने बताएका छन् । दुई वटा कम्पनीले मात्रै उत्तर कोरियाको सामजोन भ्रमण गराउँदै आएका छन् । कोभिड महामारीको समयमा उत्तर कोरियाले लगाएको प्रतिबन्ध गत वर्षको तुलनामा अहिले खुकुलो भएको छ ।
उत्तर कोरियामा सीमा बन्द भएपछि खाद्यान्न सङ्कट शुरु भएको थियो । उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमका कारण अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको छ । अर्थतन्त्रमा ठूलो दबाब परिरहेको बेला सीमा खोल्ने निर्णयले पर्यटक भित्रने र खाद्यान्नको आपूर्तिमा पनि केही सहज हुने अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।