वैदेशिक शिक्षामा एकै वर्ष १ खर्ब २५ अर्ब रुपैयाँ बाहिरियो

 भदौ २, २०८१ आइतबार १५:१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – गएको आर्थिक वर्षमा खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण आय अर्थात् विदेशीले नेपालमा गर्ने खर्च ३२ दशमलव १ प्रतिशतले वृद्धि भई ८२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ६२ अर्ब ३० करोड रहेको थियो ।

यस्तै सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१ दशमलव १ प्रतिशतले बढेर एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फकाे एक खर्ब २५ अर्ब १३ करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय एक खर्ब ४४ अर्ब ५२ करोड रहेकोमा शिक्षातर्फको खर्च एक खर्ब ४२ करोड रुपैयाँ रहेको थियो ।

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया