इटालीमा डुङ्गा डुब्दा हराएका ६ मध्ये ५ जनाको शव भेटियो

 भदौ ६, २०८१ बिहीबार ६:४३:२४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इटालीमा डुङ्गा डुब्दा हराएका ६ जना मध्ये ५ जनाको शव भेटिएको छ । अझै एक जना बेपत्ता छन् । गएको सोमवार बिहान ठूलो आँधीका कारण बेलायती ध्वजाबाहक बायेसियन नामक ५६ मिटर लामो डुङ्गा पोर्टिसेलो नजिकै डुबेको थियो ।

दुर्घटनाकै दिन १ जनाको ज्यान गएको थियो । योसँगै डुङ्गा दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । बेपत्ता एक जनाको उद्धारकर्मीले खोजी गरिरहेका बीबीसीले जनाएको छ । उनीहरु सबै बेलायत र अमेरिकाका पर्यटक रहेका छन् ।

डुङ्गामा चालक दलका १० सदस्यसहित २२ जना थिए । दुर्घटनामा परेको बेयसियन डुङ्गा सन् २००८ मा इटालियन जहाज निर्माण कम्पनी पेरिनी नाभीले पर्यटकका लागि निर्माण गरेको सुविधासम्पन्न डुङ्गा हो । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया