पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जन...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – रुपन्देहीको देवदहमा तीजको दर खाएका ३१ जना बिरामी परेका छन् । देवदह नगरपालिका–६ शिवालय टोलको सहारा आमा समूहले ५ गते बिहीवार दर खाने कार्यक्रम आयोजना गरेको थियो ।
दर खाएका ३५ जनामध्ये ३१ जनालाई ६ गते बेलुकादेखि बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने लगायतका स्वास्थ्य समस्या देखिएको थियो । ३१ जनामध्ये पाँच जनाले घरमै औषधि ल्याएर खाएका र अरुले नजिकैको क्लिनिक तथा अस्पतालमा गरेर उपचार गराएका देवदह नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष खेमबहादुर मगरले उज्यालोलाई जानकारी दिनुभयो ।
धेरैजसो बिरामी निको हुँदै गए पनि चार जनालाई भने देवदह मेडिकल कलेजमा भर्ना गरेर उपचार गराउनु परेको उहाँले बताउनुभयो । दरमा ब्रोइलर कुखुरा र खसीको मासु, तरकारी, अचार, भात लगायतको प्रयोग भएको उहाँले बताउनुभयो ।
दाल, चामल, मरमसला लगायतका खाद्यान्नका प्याकेटमा हेर्दा मिति गुज्रिएको नदेखिएको र महिला समूहकै सदस्यहरुले खाना पकाएकाले कसरी समस्या देखियो भन्नेबारे कुनै थाहा नभएको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।