सर्लाहीमा छुट्टाछुट्टै पाेखरीमा डुबेर दुई जनाको ज्यान गयाे

 भदौ ८, २०८१ शनिबार १८:३८:५ | रामबाबु खड्का
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सर्लाही – सर्लाहीको छुट्टाछुट्टै ठाउँमा डुबेर दुई जनाको ज्यान गएको छ । आज बिहान ब्रह्मपुरी गाउँपालिका–२ का ६ वर्षीय बालक अंकित साहको घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।

त्यसैगरी दिउँसो ईश्वरपुर नगरपालिका–५ सखुवनीमा क्रसरले गिट्टी निकाल्न खनेको खाल्डोमा जमेको पानीमा डुबेर १७ वर्षीय निशान थापा मगरको ज्यान गएको छ । खाल्डोमा नुहाउन पसेका उनी निकै बेरसम्म पनि बाहिर नआएपछि स्थानीयले उनलाई खोज्न खाल्डोमा पसेका थिए ।

क्रसरले गिट्टी बालुवा निकाल्न खनेको खाल्डो निकै गहिरो भएकाले शव निकाल्न नसकेपछि गोताखोर बोलाइएको थयो । केही वर्ष पहिले पनि गौरीशंकरमा क्रसरले खनेको खाल्डोमा जमेको पानी डुबेर एक जनाको ज्यान गएको थियो ।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाको राम जानकी मठको पोखरीमा डुबेर आज एक जना बालकको ज्यान गएको छ । ब्रह्मपुरी–२ का ६ वर्षीय अङ्कित साहको पोखरीमा डुबेर ज्यान गएको हो । घर नजिकैको पोखरीमा नुहाउन पसेका साह डुबेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया