खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तत्काल हटाउन ...
पुस २२, २०८१ सोमबार
कालीकाेट – कर्णाली राजमार्ग पूर्णरूपमा ठप्प भएको छ । कर्णाली राजमार्गअन्तर्गत दैलेख–कालीकोट जोड्ने दहीखोलाको सडक पुलमा बुधवार रातीको बाढी पहिरोले क्षति गरेको छ । वर्षाका कारण पुल बगेको र ठाउँठाउँमा सडक भत्किएकाले गाडी चल्न सकेका छैनन् ।
सडक खुलाउन एक हप्ता लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीले बताउनुभयो ।
कर्णाली राजमार्ग हुँदै दैलेख, कालीकोट, जुम्ला र मुगु पुगिन्छ । सडक अवरुद्ध भएपछि यात्रु र बिरामीलाई सास्ती भएको छ । मुगु, जुम्ला र कालीकोटबाट स्याउ खरिद गरी बिक्रीका लागि काठमाण्डौ, सुर्खेत र नेपालगञ्ज पुर्याउनुपर्ने गाडी पनि रोकिएका छन् ।
असारयता मात्रै ४१ पटक कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।