जापानले अहिलेसम्मकै सबैभन्दा धेरै रक्षा बजेट प्रस्ताव गर्‍याे

 भदौ १५, २०८१ शनिबार १५:२७:२६ | एजेन्सी
unn.prixa.net

एजेन्सी

क्षेत्रीय तनाव बढेसँगै जापानले अहिलेसम्मकै सबैभन्दा धेरै रक्षा बजेट प्रस्ताव गरेको छ । जापानले आर्थिक वर्ष २०२५ को लागि ५९ अर्ब डलर बराबरको रक्षा बजेटको प्रस्ताव गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीन, उत्तर कोरिया लगायतका देशसँग जापानको राम्रो सम्बन्ध छैन । नयाँ बजेटले जापानको प्रति–आक्रमण क्षमतालाई बढावा दिने जनाएको छ ।

रक्षा मन्त्रालयले लामो दूरीको रक्षा क्षमता बढाउन आठ खर्ब ७० अर्ब येन विनियोजन गर्ने योजना बनाएको छ, जसमा विभिन्न लामो दूरीका क्षेप्यास्त्रको तैनाथी र ठूलो उत्पादन समावेश छ । युद्धपोत, जहाज र क्षेप्यास्त्रको पहिचान र अनुगमन गर्न सक्षम साना क्षेप्यास्त्र प्रणालीको विकासका लागि थप तीन खर्ब दुई अर्ब येन छुट्याउने प्रस्ताव छ ।

जापानको सैन्य क्षमताको प्रस्तावित बिस्तारले आन्तरिक र अन्तर्राष्ट्रिय स्तरमा चिन्ता उत्पन्न गरेको छ । जापानको कदमले एशिया क्षेत्रमा हतियारको दौडलाई उत्प्रेरित गर्ने सम्भावना देखिएको र यसले क्षेत्रीय सुरक्षालाई अस्थिर बनाउन सक्ने एक रिपोर्टमा उल्लेख छ ।

सरकारले आर्थिक वर्ष २०२३ देखि २०२७ सम्मको रक्षा खर्चमा चार सय ४० खर्ब येन विनियोजन गर्ने योजना बनाएको छ, जुन अघिल्लो पाँच वर्षको अवधिमा भएको रकमको डेढ गुणाभन्दा धेरै हो ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया