पर्सामा मानव वन्यजन्तु द्वन्द्व बढ्दै

 भदौ १५, २०८१ शनिबार १५:८:३७ | रासस
unn.prixa.net

पर्सा – मानव वन्यजन्तु द्वन्द्व  बढ्दै गएको छ । गएको भदौको ७ गते जिराभवानी गाउँपालिका–५ का ६० वर्षीय तुलसी राउत थारूको घर नजिकै जङ्गलमा घाँस काट्न जाँदा बाघको आक्रमणबाट ज्यान गएको थियो । थारूलाई आक्रमण गर्ने बाघ पर्सा राष्ट्रिय निकुञ्जबाट एक किलोमिटर टाढा रहेको बस्तीमा आइपुगेको थियो ।

यस्तै वैशाख २९ गते पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ औराहाका भीमबली महतो थारू आफ्नो मकैबारीमा पुगेका बेला बाघले आक्रमण गरेर गम्भीर घाइते हुनुभएको थियो । डिभिजन वन कार्यालयका प्रमुख सुनिलकुमार कर्णले जिल्लामा वन्यजन्तु र मानवबीच द्वन्द्वका घटनामा वृद्धि भइरहेको बताउनुहुन्छ । पानीको स्रोत सुकेसँगै तिर्खाएका वन्यजन्तु आफ्नो प्यास मेट्नका लागि बस्तीमा आउने गर्छन् ।

यसै क्रममा वन्यजन्तु र मानवबीच द्वन्द्व सृजना हुँदै आएको उहाँले बताउनुभयो । यस्तै उमेर ढल्केका बाघ सिकारको खोजीमा गाउँबस्तीमा आउँदा पनि वन्यजन्तु र मानवबीचको द्वन्द्व भइरहेको छ । प्रमुख कर्णले निकुञ्ज क्षेत्रमा रहेका वन्यजन्तुका लागि पानीका पोखरी निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । डिभिजन वन कार्यालयकाअनुसार गएको आर्थिक वर्षमा पर्सामा वन्यजन्तु र मानवबीच द्वन्द्व हुँदा तीनवटा बाघ मारिएका थिए । 

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया