भरतपुर अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाको टिकट लिन टोकन प्रणाली शुरु

 भदौ १५, २०८१ शनिबार १५:१५:० | रासस
unn.prixa.net

चितवन – भरतपुर अस्पतालले बहिरङ्ग (ओपिडी) सेवाको टिकट लिन लामो समय लाइनमा उभिनुपर्ने समस्या समाधान गर्न टोकन प्रणाली शुरु गरेको छ । भीड व्यवस्थापनसँगै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले टोकन प्रणाली शुरु भएको हो ।  

हरेक दिन बिहान अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राध्यापक डा. कृष्णप्रसाद पौडेल आफै बहिरङ्ग विभागमा पुगेर भीड व्यवस्थापनका लागि अस्पतालका सुरक्षाकर्मीलाई सक्रिय बनाउँदै आउनुभएको छ । अस्पतालमा ओपिडी सेवाको टिकट लिन टोकन प्रणाली शुरु गरेसँगै बिरामीले आफ्नो पालोमा टिकट लिएर परीक्षण गर्न थालेका मेसु पौडेलले बताउनुभयो । यसले भीड व्यवस्थापन हुनाका साथै बिरामीले केही सहज भएको उहाँको भनाइ छ ।

पहिले टिकट लिन झन्डै एक घण्टा लाइनमा उभिनुपर्नेमा अहिले टोकन लिएपछि १० मिनेट पनि उभिनुनपर्ने मेसु पौडेलले जानकारी दिनुभयो । टोकन लिएपछि एक सयभन्दा बढी बिरामी बस्न मिल्ने ठाउँ बनेकाे छ । टोकनको पालो आएपछि काउन्टरमा गएर टिकट लिए पुग्छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया