कोहलपुरका वडा अध्यक्ष थारुको निधन

 मंसिर ९, २०७५ आइतबार १४:३०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामसोहन थारुको आइतबार बिहान निधन भएको छ ।

ब्लडप्रेसर कम भएका ६० वर्षका थारुको हृदयाघातका कारण निधन भएको नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति माधवराम खत्रीले जानकारी दिनुभयो । उहाँका श्रीमती, २ छोरा र २ छोरी रहेका छन् ।

थारु नेपाली कांग्रेसको वडा कार्य समितिका सभापति समेत हुनुहुन्छ । यसैबीच थारुको निधन भएपछि कोहलपुरमा आइतबार केन्द्रीय नेताहरुको उपस्थितिमा गर्ने भनिएको आमसभा स्थगित भएको नगर सभापति बलराम शर्माले जानकारी दिनुभयो । आमसभा स्थगित गरी केन्द्रीय नेताहरुको उपस्थितिमा शोकसभा गरिएको छ ।

केन्द्रीय सदस्य डा. शेखर कोइराला र गगन थापाको उपस्थितिमा हुने भनिएको सभा स्थगित गरिएको हो ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया