‘एशियन हाइवे’ निर्माणले गति लिँदै
माघ २५, २०८१ शुक्रबार
अर्जेन्टिनाले पनि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाको राष्ट्रपति कार्यालयका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयबारे जानकारी गराउनुभएको सीएनएनले जनाएको छ ।
राष्ट्रपति जेभियर मिलेईले विदेश मन्त्री गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य सङ्गठनमा अर्जेन्टिनाको सहभागिता फिर्ता लिन निर्देशन दिनुभएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अघि डब्ल्यूएचओबाट अमेरिकालाई फिर्ता लिने घोषणा गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।
अमेरिकाको निर्णयपछि अर्जेन्टिनाले पनि यो घोषणा गरेको हो । अर्जेन्टिनाको राष्ट्रपति कार्यालयले डब्ल्यूएचओलाई कोभिड–१९ महामारीको समयमा लकडाउन गरी आफूहरुलाई आर्थिक क्षति पुर्याएको आरोपसमेत लगाएको छ ।
प्रवक्ता एडोर्नीले अर्जेन्टिनाले स्वास्थ्य व्यवस्थापनका लागि डब्ल्यूएचओबाट वित्तीय सहयोग प्राप्त नगरेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।