सुनको भाउ चार सय रुपैयाँले घट्यो
माघ २५, २०८१ शुक्रबार
काठमाण्डौ – कालीकोटको हलेसे भीरमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । नरहरिनाथ गाउँपालिका–८ लालु गाउँबाट फर्किने क्रममा गएराति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको ट्रक दुर्घटना हुँदा नरहरिनाथ–५ रुप्सा घर भई स्थानीय खुलालु बजारमा व्यवसाय गदै आएका गाडीधनी ४५ वर्षका गंग देउवाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी टेकबहादुर रावतले बताउनुभयो ।
लालु गाउँबाट मकै र भटमास खरिद गरेर स्थानीय बजार खुलालु हुँदै सुर्खेत फर्किने क्रममा ट्रक दुर्घटना भएको हो । पलाता–८ घर भएका चालकले हाम फालेर ज्यान जोगाएको बताएका प्रहरीको भनाइ छ । चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।