प्रणय दिवसको अवसर पारेर चितवनको सौराहामा खाना महोत्सव हुने
माघ २६, २०८१ शनिबार
काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदा पेश गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आइतबार बसेको बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदा पेश गरिएको हो । पार्टीका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले देशभरका पार्टी नेता, कार्यकर्तासँग व्यापक छलफल गरी तयार गरेको विधान संशोधन मस्यौदा केन्द्रीय कार्य समितिमा पेश भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
पार्टीका सबै निकायसँग व्यापक छलफल गरी तयार पारिएको मस्यौदा केन्द्रीय कार्य समितिमा पेश गरिएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिनुभयो । संवैधानिक व्यवस्था अनुसार पार्टीको सम्पूर्ण संरचना बनाउने गरी विधान संशोधन मस्यौदा तयार पारिएको छ ।
मस्यौदामा ‘एक व्यक्ति, एक पद’ को प्रस्ताव गरिएको छ । दोहोरो जिम्मेवारी कसैलाई पनि नदिने गरी विधानमा सो प्रस्ताव गरिएको प्रवक्ता शर्माले बताउनुभयो । त्यसैगरी केन्द्रदेखि टोलसम्म ८ वटा संरचना प्रस्ताव गरिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी तय गर्ने जिम्मेवारी स्थानीय तहलाई नै दिने, उम्मेदवार प्रस्ताव गर्दा ३ जनाभन्दा बढी गर्न नपाउने व्यवस्था पनि गरिएको छ ।
प्रस्तावित विधान मस्यौदामा पार्टीको केन्द्रीय विभागहरुको नाम र कार्य क्षेत्रमा पनि व्यापक हेरफेर गरिएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता लेखकले बताउनुभयो । जस अनुसार केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको नाम केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रस्ताव गरिएको छ ।
सो प्रतिष्ठानमा स्थायी सचिवालयको व्यवस्था गर्ने र सोमार्फत् पार्टीको नीति तय गरिने पनि उल्लेख गरिएको छ । प्रस्तावित विधान संशोधन मस्यौदा समितिमा केन्द्रीय अनुशासन समिति, लेखा समितिको पनि व्यवस्था गरिएको छ । केन्द्रीय अनुशासन समिति अन्तरगत प्रदेश र जिल्लामा पनि अनुशासन समिति रहने व्यवस्था गरिएको छ ।
३ महिना लामो छलफल पछि तयार पारिएको सो प्रस्तावमाथि छलफल गर्न कांग्रेसले आगामी बिहीबार १३ गते पुनः केन्द्रीय कार्य समिति बैठक बोलाएको छ । सो बैठकले आवश्यक संशोधनसहित सो प्रस्ताव पारित गरेपछि आगामी मंसिर २८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको महासमिति बैठकमा पेश हुने पनि पार्टीका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।