जय ट्रफी एलिट कप क्रिकेटमा तेस्रो र चौथो खेल आजदेखि शुरू हुँदै
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षबाटै नेपालको अर्थतन्त्र नयाँ किसिमबाट चलायमान हुने दाबी गर्नुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभालाई आज सम्बोधन गर्दै गभर्नर अधिकारीले आर्थिक क्रियाकलाप अघि बढाउन र निजी क्षेत्रको मनोबललाई उच्च राख्नलाई प्रशस्त आधारशिला खडा भएको बताउनुभयो । उहाँले केही सूचकहरूले पनि अर्थतन्त्र चलायमान बनाउने आधारशिला खडा भएको प्रमाणित गरेको बताउनुभयो ।
गभर्नर अधिकारीले अहिले भइरहेका गाडी केन्द्रित प्रदर्शनी, शेयर बजार र अन्य अवस्थाले पनि केही न केही चलायमान भइरहेको प्रमाणित भएको बताउनुभयो । उहाँले राजस्व सङ्कलनमा पनि विगतमा भन्दा प्रगति भइरहेको उल्लेख गर्नुभयो । यस्तै गएको वर्षको साउनमा भन्दा यस वर्ष साउनमा खर्च बढेको र कर्जा प्रवाहको स्थितिमा पनि सुधार भइरहेको उहाँको दाबी छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्ने गरी सरकार अघि बढेमा अर्थतन्त्र चलायमान बन्न नसक्ने बताउनुभएको छ । उहाँले निजी क्षेत्रको अनुगमन र निरीक्षण अख्तियार र सतर्कता केन्द्रले गर्दा अर्थतन्त्र चलायमान बन्न नसक्ने, निजी क्षेत्रले रोजगारीको क्षेत्र र उत्पादन वृद्धि गर्न नसक्ने स्थिति बन्ने बताउनुभयो । अध्यक्ष ढकालले अर्थतन्त्र सकारात्मक हिसाबले अघि बढिरहेको भन्दै यसलाई दिगो बनाउनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।