मुग्लिन–पोखरा सडक खण्डकाे पश्चिमतर्फकाे म्याद थप

 भदौ १७, २०८१ सोमबार १८:२४:२३ | रासस
unn.prixa.net

फाइल फाेटाे

तनहुँ – सरकारले निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको म्याद थप गरेको छ । तनहुँको जामुनेबाट पोखरासम्मको पश्चिम खण्डको म्याद यही भदौ १२ गतेसम्म रहेकाेमा काम पूरा नभएपछि एक सय एक दिन म्याद थप गरिएको हो ।

यसअघिको म्याद अवधिसम्म जम्मा २८ प्रतिशत प्रगति हासिल भएको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो ।

पश्चिम खण्डमा २०७८ सालको भदौ १२ गतेदेखि काम शुरू भएको थियो । पश्चिम खण्डमा २० किलोमिटर दुरीमा दुई लेन सडक कालोपत्र सकिएको छ । १३ वटा पुल निर्माण गर्ने लक्ष्य रहेकाेमा पाँच वटाको काम सकिएको छ । पश्चिम खण्डको लागत सात अर्ब ४० करोड ४६ लाख रुपैयाँ रहेको छ ।

मुग्लिन–पोखरा सडक खण्डमा पश्चिमी खण्डको तुलनामा पूर्वी खण्डको प्रगति राम्रो रहेको छ ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया