टर्कीको होटलमा आगलागी हुँदा ७६ जनाको ज्यान गयो, ५० जना घाइते
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको आजको बैठकले पछिल्लो समय सिमेन्ट, छडलगायत निर्माण सामग्रीको मूल्य बढ्नुको कारणबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग जवाफ माग्ने भएको छ ।
समितिको आजको बैठकमा धेरैजसो सांसदले निर्माण सामग्रीमा निकै मूल्यवृद्धि भएको विषय उठाएका थिए । बैठकपछि समिति सभापति ऋषिकेश पोखरेलले सिमेन्ट, छडलगायत वस्तुको मूल्य वृद्धिबारे भोलि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई समितिमा बोलाउने निर्णय भएको जानकारी दिनुभयो ।
बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले सरकारको समेत मिलेमतोमा सिमेन्ट उद्योगीहरूले सिमेन्टमा दोब्बर मूल्य बढाएको आरोप लगाउनुभएको छ । उहाँले ट्रङ्क लाइन र डेडिकेटेड लाइनको विद्युत् महसूल बुझाउनका लागि सरकारसँगको मिलेमतोमा बोरामा दोब्बर मूल्य वृद्धि गरेर उपभोक्तालाई उद्योगीहरूले मारमा पारेका बताउनुभयो ।
यस्तै समितिले लेखा समितिमा परेका उजुरीहरूको प्राथमिकता निर्धारण गर्ने र बढी महत्त्वपूर्ण उजुरीलाई समितिमा चाँडो पेश गर्नका लागि ती उजुरीको अध्ययन गर्न सांसद सञ्जयकुमार गौतमको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ ।
समितिले विभिन्न समयमा सरकारसँग माग गरेका अध्ययन प्रतिवेदन अहिलेसम्म प्राप्त नभएकाले पुनः माग गर्ने, रासायनिक मलको अभाव भएको विषयमा सरकारको ध्यानाकर्षण गराउने, हुलाकी राजमार्गलगायत विभिन्न सडक खण्डको काममा ढिलाइ भएको विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने निर्णय पनि आजको बैठकले गरेको सभापति पोखरेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।