खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तत्काल हटाउन ...
पुस २२, २०८१ सोमबार
भेनेजुएलामा हालैको राष्ट्रपतीय चुनावमा विपक्षी दलका उम्मेदवार एडमन्डो गोन्जालेजविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । राष्ट्रपति निकोलस मादुरो निकट रहेको सरकारी वकिलको कार्यालयले गरेको अनुरोधपछि एक न्यायाधीशले गोन्जालेजविरुद्ध पक्राउ पूर्जी जारी गरेका बीबीसीले जनाएको छ ।
राष्ट्रपति मादुरोलाई निर्वाचन परिषद्ले जुलाईको चुनावमा विजयी घोषणा गरेको थियो । परिषद्का धेरैजसाे सदस्यहरू राष्ट्रपति मादुरोकै समर्थनमा छन् । तर सरकारले आफ्नो विजयको दाबीलाई समर्थन गर्ने कुनै प्रमाणहरू प्रकाशित गर्न सकेको छैन । विपक्षीहरूले भने उनीहरूको मतदान डाटाले गोन्जालेजले सजिलै जितेको देखाएको बताउँदै आएका छन् ।
यसैबीच अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विमान नियन्त्रणमा लिएको छ । अमेरिकाले लगाएको प्रतिबन्ध उल्लङ्घन गरेको भन्दै अमेरिकाले मादुरोको विमान डोमिनिक रिपब्लिकबाट नियन्त्रणमा लिएको हो ।
अमेरिकाको न्याय विभागले विमान गैरकानूनी रूपले १३ मिलियन डलरमा किनिएको आरोप लगाएर विमानलाई नियन्त्रणमा लिई फ्लोरिडा लगिएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ । विमान डोमिनिक रिपब्लिकमा किन गएको थियो भन्नेबारेमा भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।