गुल्मीका धुर्काेट र रुरुक्षेत्रले तरकारी र फलफूलको बजारीकरण गर्दै, किसानले राम्रो मूल्य पाउँदै

 भदौ १८, २०८१ मंगलबार १५:४:४८ | रासस
unn.prixa.net

गुल्मी – गुल्मीका दुई वटा पालिकाले तरकारी र फलफूलको बजारीकरणको शुरुआत गरेका छन् । धुर्कोट र रुरुक्षेत्र गाउँपालिकाले गाउँको कृषिजन्य उत्पादनको बजारीकरणको शुरुआत गरेका हुन् ।

धुर्कोटले किसानको उत्पादनको बजारीकरणका लागि बुटबलको देवीनगरको पहाडी ताजा तरकारी पसलसँग र रुरुक्षेत्रले पाल्पाको मिलनसार सामाजिक उद्यमी महिला सहकारीद्वारा सञ्चालित तरकारी थोक बजारसँग सम्झौता गरेको छ ।

पालिकाले किसानको उत्पादन खरिद गरेको मूल्यमै पसललाई बिक्री गर्ने गरेका छन् । त्यसका लागि कर्मचारी र ढुवानी खर्च पालिकाले व्यहोर्ने सहमति रहेको छ । पालिकाले किसानसँग तामा, करेला, बोडी सोस्ता, स्कुस, कागती, फर्सिको मुन्टा, चिचिन्ना, नास्पाती, पुदिना, सिन्की, काँक्रोलगायतका तरकारी तथा फलफूलको बजारीकरण गरिरहेका छन् ।

किसानका कृषिजन्य सामग्री खरिद गर्नका लागि पालिकाले प्रत्येक हप्ताको दुई पटक तरकारी भएको टोलमा गाडी पठाउने गर्दछन् । धुर्कोटमा आइतवार र बिहीवार तथा रुरुक्षेत्रमा मङ्गलवार र शनिवार किसानको तरकारी सङ्कलन हुँदै आएको छ ।

दुवै पालिकामा गरी अहिलेसम्म एक सय क्विन्टल तरकारी बिक्री भइसकेको छ । त्यसमध्ये धुर्कोटबाट ३० क्विन्टल बिक्री भएको छ । धुर्कोटमा प्रतिकिलो तरकारीको मूल्य औसतमा ४० रुपैयाँ र रुरुक्षेत्रमा औसतमा तरकारीको मूल्य प्रतिकिलो ४५ रुपैयाँका दरले बिक्री भएको छ ।

धुर्कोटका अध्यक्ष भुपाल पोखरेलले आफूहरूले गरेको कामबाट बिचौलियाको समेत अन्त्य भई किसानले उचित मूल्य पाएको बताउनुभयो । यस्तै रुरुक्षेत्रका अध्यक्ष यदु ज्ञवालीले गाउँमा ठूला उद्योग स्थापना गर्न असम्भव भएकाले कृषिजन्य उत्पादनको बजारीकरण गरेको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया