ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान शुरू

 भदौ १९, २०८१ बुधबार १२:४८:९ | रासस
unn.prixa.net

फाइल तस्बिर

ताप्लेजुङ – प्रतिकूल मौसमका कारण तीन महिनादेखि बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान शुरू भएको छ । नेपाल वायु सेवा निगमले आजदेखि सुकेटारमा पुनः उडान शुरू गरेको निगमको स्टेशन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिनुभयो ।

निगमले यसअघि नै उडान तालिका तोकेको भए पनि प्रतिकूल मौसमले गर्दा उडान हुन सकिरहेको थिएन । निगमले अहिलेलाई हप्तामा एक दिनमात्र उडान तालिका राखेको छ । बर्खायाम शुरू भएपछि गएको जेठ ११ गतेदेखि सुकेटारमा उडान बन्द भएको थियो । उडान शुरू भएपछि दशैँ, तिहारजस्ता चाडपर्व र पर्यटकीय मौसममा यात्रु र पर्यटकलाई सहज हुने अपेक्षा छ ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया