रुसी आक्रमणमा युक्रेनमा सैनिकसहित ५१ जनाको ज्यान गयो

 भदौ १९, २०८१ बुधबार १२:५७:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनको पोल्टाभामा रुसबाट भएको पछिल्लो मिसाइल आक्रमणमा परी कम्तीमा ५१ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा केही सैनिकसमेत रहेका युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ ।

आक्रमणमा दुई सय ७१ जना घाइते भएका विवरण यूक्रेनको रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ । त्यहाँ सैन्य तालिम केन्द्र र नजिकै रहेको अस्पतालमा आक्रमण भएको थियो । उद्धार टोलीले २५ जनाको उद्धार गरेको र तीमध्ये ११ जनालाई भग्नावशेषबाट बाहिर निकालिएको उल्लेख छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको जवाफ दिने प्रतिक्रिया दिनुभएको छ । तर रुसले आक्रमणको बारेमा कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ ।

पोल्टाभा शहर युक्रेनको राजधानी किएभबाट झन्डै तीन सय ५० किलोमिटर दक्षिणपूर्वमा पर्छ । रुसको सीमा नजिकै रहेको यो शहर किएभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खार्किभबीचको मुख्य राजमार्ग र रेलमार्गमा छ ।

रुस–युक्रेन युद्धको नौ सय दिनभन्दा पनि धेरै भइसकेको छ । सन् २०२२ फेब्रुअरी २४ मा युद्ध शुरू भएपछि रुसी सेनाले गरेको यो सबैभन्दा घातक आक्रमण मानिएको छ । युक्रेनको रक्षा मन्त्रालयले आक्रमणलाई ‘बर्बरतापूर्ण’ भनेको छ ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया