मेक्सिकोमा ७ जना फुटबल खेलाडी संयुक्त रूपमा ५७ वर्षका लागि न...
फागुन ४, २०८१ आइतबार
जुम्ला – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश प्रमुख प्रतिपक्षदलको नेता जीवनबहादुर शाहीले पत्रकारहरुलाई कर्णालीमा भोकमरीको समाचार नलेख्न आग्रह गर्नुभएको छ ।
नेपाल प्रेस यूनियनको तेस्रो जिल्ला अधिवेशनको उद्घाटनको क्रममा उहाँले ‘अर्गानिक खानाको धनी’ कर्णालीमा भोकमरी नभइ भातमरी भएको हुँदा पत्रकारहरुले गलत समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभएको हो ।
मिडियाले कर्णाली भोकमरीको क्षेत्र भन्ने प्रचार प्रसार गर्दा कर्णालीको रैथानेबाली धरापमा पर्ने भन्दै अब बाहिरबाट निर्यात भएका कुइएको चामल र विषादी तरकारी रोक्न अर्गानिक उत्पादनमा जोड दिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मार्सी धान, फापर, कोदो, सिमी, आलु, स्याउ हाम्रा पोषिला खाना हुन् । यही उत्पादन तथा प्रयाप्त निर्यात भएमा कर्णालीको समृद्धि हुनेछ । हिजो पुर्खाहरुले भेडाको छालाबाटै कोट, जुता, टोपी सबै प्रयोग गर्थे तर आज हामीले त्यो सबै काम विस्थापित गर्यौ ।’
नेता शाहीले नेपाली कांग्रेस नेतृत्वलाई साथ सहयोग सबैले गरेमा कांग्रेस बलियो हुने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले पार्टी नेतृत्व सही दिशामा नगएको आरोप लगाउनुभयो ।
नेपाल प्रेस यूनियन जुम्लाले १० हजारसहित घोषणा गरेको ‘गौरी अर्जुन पत्रकारिता पुरस्कार अक्षयकोष’मा कर्णाली प्रदेशका प्रमुख प्रतिपक्षदलका नेता तथा प्रदेश सांसद शाहीले आफ्नो एक महिनाको सुविधा सरहको पैसा उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
यसैगरी अक्षयकोषमा प्रेस यूनियन केन्द्रीय समितिले ५ हजार, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईले ३ हजारसहित ७५ हजार रुपैयाँ औपचारिक कार्यक्रममा जम्मा भएको प्रेस यूनियन जुम्लाले जनाएको छ ।
अक्षयकोषबाट जम्मा भएको पैसा हरेक वर्ष जुम्लामा उत्कृष्ट पत्रकारिता गर्ने पत्रकारहरुलाई पुरस्कारको रुपमा उपलब्ध गराइनेछ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गौरी कठायत काठमाडौंबाट जुम्ला आउँदै गरेको नेपाल एयर लाइन्सको जहाज अर्घाखाँचीमा दुर्घटना हुँदा मृत्यु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।