शाहरुख खानको अनुहारमा कालोमोसो दल्ने कलिङ्ग सेनाकाे धम्की

 मंसिर ९, २०७५ आइतबार १९:४२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतकाे अाेडिसा राज्यकाे स्थानीय संगठन कलिङ्ग सेनाले बलिउड अभिनेता शाहरुख खानको विरोध गरिरहेको छ ।

कलिङ्ग सेनाले हाल गरिरहेको विरोधको कारण भने १७ वर्ष पुरानो फिल्म ‘अशोका’ हो । यस फिल्ममा शाहरुख खानको मुख्य भूमिका रहेको थियो । 

यही नोभेम्बर २७ मा ओडिसाको कलिङ्गा स्टेडियममा पुरुष हकी वल्र्डकपको उद्घाटन भइरहेको छ ।  त्यस उद्घाटन समारोहमा शाहरुख खान पनि सहभागी भइरहेका छन् । तर शाहरुख खान उपस्थित हुने खबरपछि कलिङ्ग सेनाले खानको विरोध गरिरहेको हो । 

उक्त संगठनले शाहरुख खानको विरोध गरेपछि ओडिसाको प्रहरीले खानको सुरक्षा बढाउने निर्णय लिएको छ । 

१७ वर्षअघि शाहरुख खानले फिल्म ‘अशोका’ मार्फत ओडिसाको इतिहासलाई गलत ढंगले प्रस्तुत गरेर त्यहाँका स्थानीयहरुको भावनामा ठेस पुर्‍याएको भन्दै  कलिङ्ग सेनाले शाहरुख खान ओडिसा आएमा उनको अुहारमा कालोमोसो दल्ने र कालो झण्डा देखाएर विरोध गर्ने धम्की दिएको छ ।

खबरहरुका अनुसार ओडिसामा शाहरुखको विरोध भएपछि स्थानीय प्रहरीले शाहरुखको सुरक्षाको लागि पर्याप्त सुरक्षाको व्यवस्था गर्ने बताइरहेको छ । 

तर शाहरुख खानले अहिलेसम्म कार्यक्रममा उपस्थित हुने नहुने विषयका भने आधिकारिक बयान दिएका छैनन् । विरोधी संगठनको तर्फबाट शाहरुखले उनको फिल्म ‘अशोका’ मार्फत ओडिसाका बासिन्दाहरुको भावनामा ठेस पुर्‍याएकाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताइरहेको छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया