धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजनालाई जर्मन सरकारले ...
पुस १९, २०८१ शुक्रबार
सर्लाही – सर्लाहीमा यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ । यो वर्ष धानखेती बढेकाले उत्पादन पनि बढ्ने अनुमान रहेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवान्नद रायले बताउनुभयो । उहाँका अनुसार गएको वर्ष ३८ हजार हेक्टर क्षेत्रफल जग्गामा मात्र धानखेती भएकामा यो वर्ष सर्लाहीमा ४३ हजार हेक्टर क्षेत्रफल जग्गामा धानखेती भएको छ ।
धान रोपाइँ हुने समयमा पर्याप्त वर्षा भएकाले सिँचाइ नपुगेका धेरै जग्गामा यसवर्ष धान रोपाइँ भएको छ । आकाशबाट समयमा पानी परेकाले धान रोपाइँ बेलैमा सकिएको किसानको भनाइ छ ।
धेरै किसानले उखुखेती गर्न छोडेर धान, मकै खेती गर्न थालेका छन् । एक वर्षमा सहजै दुई बाली आम्दानी हुने र बिक्री गर्न पनि समस्या नभएको किसानको भनाइ छ । तराईमा अहिले धान प्रतिक्वीन्टल पाँच हजारसम्ममा बिक्री भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।