सर्लाहीको लखन्देही खोलाका दुईवटा झोलुङ्गे पुल जीर्ण बन्दै

 भदौ २९, २०८१ शनिबार १२:७:६ | रामबाबु खड्का
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सर्लाही  – सर्लाहीको लखन्देही खोलामा निर्माण भएका दुई;वटा झोलुङ्गे पुल जीर्ण बन्दै गएका छन् । तीन वर्षअघि मात्र निर्माण गरिएको हरिपुरको जगतपुरदेखि लालबन्दीको जुटपानी र बरहथवाको गङ्गापुरदेखि कविलासीको हेमपुर जोड्ने झोलुङ्गे पुल संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो ।

जुटपानीमा निर्माण भएको झोलुङ्गे पुलको एकातिरको लठ्ठा चुडिएको छ । पुलको नट–बोल्टलगायतका सामग्री चोरी भएका छन् । पुल जीर्ण हुँदा आवतजावत गर्न समस्या परेको हरिपुर–२ का स्थानीयबासिन्दा इन्द्रबहादुर खड्काले गुनासो गर्नुभयो ।

तीन वर्षअघि हरिपुर नगरपालिका–२ जगतपुर, लालबन्दी नगरपालिका–२ जुटपानी र हरिवन–५ घुर्कौलीको सीमानामा झोलुङ्गे पुलको निर्माण भएको थियो । पालिकाले पुल संरक्षणमा चासो नदेखाएको स्थानीयबासिन्दाको गुनासो छ ।

त्यसैगरी बरहथवा नगरपालिका–१६ गङ्गापुर र कविलासी नगरपालिका–५ हेमपुर जोड्ने झोलुङ्गे पुलको पनि ठाउँठाउँको लठ्ठा र त्यसमा लाग्ने नट–बोल्ट चोरी भएपछि पुल भत्किने अवस्थामा पुगेको छ । पुललाई सपोट गर्ने दुवैतर्फको लठ्ठा चुडिएकाले पुल हल्लिएर आवतजावत गर्न नै समस्या परेको स्थानीयबासिन्दा गुनेश यादवले बताउनुभयो ।

जीर्ण पुल मर्मतका लागि पालिकासँग बजेट नभएकाले बेलैमा मर्मत गर्न नसकिएको जनप्रतिनिधिको भनाइ छ । स्वीस सरकारको सहयोगमा सञ्चालित ट्राईल ब्रिज सपोर्ट युनिट (टीबीएसयू) परियोजना अन्तर्गत पुलको निर्माण गरिएको थियो । 
 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया