च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
बझाङ – बझाङमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । राष्ट्रिय प्रशारण लाइनमा समस्या आएपछि बझाङको विद्युत सेवा पूर्णरूपमा अवरुद्ध भएको हो । विद्युत अवरुद्ध हुँदा स्थानीय बासिन्दाको दैनिक जनजीवनका साथै व्यापार व्यवसाय र सरकारी कामकाजसमेत प्रभावित भएको छ ।
विद्युत् नहुँदा मोबाइलसमेत चार्ज गर्न नपाएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । बुधवार जयपृथ्वी नगरपालिकाको तमैलनजिक आएको पहिरोले पोलमा क्षति पुर्याएपछि विद्युत् सेवा अवरुद्ध भएको थियो ।
यस्तै हिजो बैतडीको भालुमारेमा दुई वटा पोल ढलेको र आज तमैलमा पनि समस्या आएको नेपाल विद्युत प्राधिकरणको बझाङ वितरण केन्द्रले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।