एन्फा महिला लिगमा एपीएफ र कर्णाली तथा बाग्मती र चन्द्रपुर खेल्दै

 भदौ ३०, २०८१ आइतबार ९:१७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

एपीएफ टाेली, तस्बिर : एन्फा

काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो साढे १२ बजे कर्णाली प्रदेश र सशस्त्र प्रहरी बलको एफीएफ क्लब खेल्दैछन् । एपीएफ ४ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा र कर्णाली ४ खेलमा १ अङ्कसहित नवौं स्थानमा छन् ।

यस्तै दोस्रो खेलमा दिउँसो साढे ३ बजे बाग्मती युथ क्लब र रौतहटको चन्द्रपुर नगरपालिका खेल्दैछन् । चन्द्रपुर ४ खेलमा ५ अङ्कसहित छैटौं र बाग्मती युथ क्लब ४ खेलमा ३ अङ्कसहित आठौं स्थानमा छन् । दुइटै खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।

अन्तिम अपडेट: असोज २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया