पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार, ट्रम्प सकुशल

 भदौ ३१, २०८१ सोमबार ८:५७:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अमेरिकाको फ्लोरिडामा हत्याको प्रयास भएको छ । फ्लोरिडाको एक गल्फ कोर्समा रहेका बेला उहाँको हत्या प्रयास भएको एफबीआईले जनाएको छ । एफबीआईका अनुसार झाडीबाट राइफलको नाल छिराएर २ सय ७५ देखि ४ सय ५५ मीटर टाढा रहेका ट्रपमाथि गोली प्रहार भएको थियो ।

घटनास्थलमा एक एके ४७–शैलीको हतियार र स्कोप, दुईवटा ब्याकप्याक, र एक गोप्रो क्यामेरा फेला परेका बीबीसीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् ।

राइफलसहित झाडीबाट निस्केर गाडी चढी भाग्न खोज्ने क्रममा उनलाई केहीपर पुगेपछि गोली हानेर पक्राउ गरिएको हो । अनुसन्धानकर्ताहरुले यस घटनाको अनुसन्धान जारी राखेको बताएका छन् । ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई घटनाको बारेमा जानकारी दिएको छ ।

ह्यारिसले सामाजिक सञ्जाल एक्समा अमेरिकामा कुनै पनि ठाउँमा हिंसा स्वीकार्य नभएको बताउनुभएको छ । घटनापछि ट्रम्पले आफ्नो समर्थकहरूलाई इमेलमार्फत आफू सामान्य अवस्थामा सुरक्षित रहेको जानकारी दिनुभएको खबरमा उल्लेख छ । यसअघि पूर्व राष्ट्रपति ट्रम्पलाई दुई महिना अघि पेनसिल्वेनियामा पनि गोली हानि हत्याको प्रयास भएको थियो । 
 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया