१२ दिनमा १३ लाखभन्दा धेरै किशोरीले एचपीभी खाेप लगाए

 फागुन ४, २०८१ आइतबार १५:५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको 'ह्युमन प्यापिलोमा भाइरस' (एचपीभी) खोप अभियानअन्तर्गत १२ दिनमा १३ लाख जनाभन्दा धेरै किशोरीले खोप लगाएका छन् ।

अभियानको १२औं दिन अर्थात् हिजोसम्म १३ लाख जनाभन्दा धेरै किशोरीले खोप लगाएका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले जानकारी दिनुभयो ।

गएको माघ २२ गते शुरू भएको अभियान पर्सि मङ्गलवारसम्म चल्नेछ । अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीहरूलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ ।

अबको अवधिमा छुटेकाको पहिचान गरी खोप प्रदान गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । अभियानका क्रममा झन्डै १७ लाख जना किशोरीलाई खोप दिने लक्ष्य छ ।

नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण ज्यान जाने महिलाहरूको सङ्ख्या उच्च छ । सानै उमेरमा खोप लगाएमा यो क्यान्सर रोक्न सकिने डाक्टरहरू बताउँछन् ।

अन्तिम अपडेट: फागुन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया