च्याम्पियन्स ट्रफी : भारतका सबै खेल र पहिलो सेमिफाइनलका लागि थप टिकट

 फागुन ४, २०८१ आइतबार १५:५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : आईसीसी

काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफी २०२५ मा यूएईकाे दुबईमा हुने चार वटा खेलका लागि थप टिकट उपलब्ध हुने भएको छ ।

समूह चरणमा भारतका सबै खेल र पहिलो सेमिफाइनलका लागि थप टिकट उपलब्ध हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जनाएको छ । समर्थकको मागलाई ध्यानमा राख्दै आईसीसीले यो निर्णय लिएको हो ।

भारतले समूह चरणको पहिलो खेलमा फेब्रुअरी २० मा बङ्गलादेश खेल्नेछ । यस्तै दोस्रो खेलमा फेब्रुअरी २३ मा पाकिस्तानसँग र तेस्रो तथा अन्तिम खेलमा मार्च २ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै पहिलो सेमिफाइनल मार्च ४ मा हुनेछ । आईसीसीले दुबईमा हुने खेलका लागि जारी गरिएको थप टिकटको बिक्री शुरू भइसकेको छ ।

च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुनेछ । दुबईमा हुने पहिलो सेमिफाइनल खेलपछि फाइनल खेलको टिकट बिक्री शुरू हुने आईसीसीले जनाएको छ । १९ दिनसम्म चल्ने यस प्रतियोगितामा विश्वका उत्कृष्ट ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा १५ वटा खेल हुनेछन् ।

आउँदो बुधवारदेखि पाकिस्तानमा च्याम्पियन्स ट्रफी शुरू हुँदैछ । उद्घाटन खेलमा पाकिस्तान र न्युजिल्यान्ड खेल्नेछन् । भारतका खेल भने दुबईमा हुनेछ ।

अन्तिम अपडेट: फागुन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया