सङ्खुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

 असोज २, २०८१ बुधबार १४:५२:५५ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका वडा नम्बर ३ नेता भीर नजिकै ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा ट्रयाक्टर चालक खाँदबारी नगरपालिका वडा नम्बर ८ का किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।

आज बिहान खाँदबारी–किमाथाङ्का सडक खण्डको मकालु–३ भीरबाट ट्रयाक्टर खसेको र दुई जनाको घटनास्थलमै ज्यान गएको उहाँले बताउनुभयो । भीरबाट खसेको ट्रयाक्टर अरुण नदीले बगाएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया