एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आउँदो बिहीवार अमेरिकी राष्ट्रपति जो बाइडेनसमक्ष रुसविरुद्ध विजयको योजना प्रस्तुत गर्ने तयारी गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जेलेनेस्की अहिले अमेरिकामा हुनुहुन्छ । उहाँले आउँदो बिहीवार राष्ट्रपति बाइडेनसमझ रुसविरुद्ध विजयको योजना प्रस्तुत गर्ने र त्यसपछि राष्ट्रपतिका उम्मेदवार कमला ह्यारिस र डोनाल्ड ट्रम्पलाई पनि भेटेर योजना सुनाउने तयारी गर्नुभएकाे बीबीसीले जनाएको छ ।
जेलेनेस्कीले रुसविरुद्धको विजय योजनामा के समावेश गर्नुभएको छ भन्ने अझै खुलेको छ । तर अमेरिका र युरोपका साझेदारहरूबाट प्राप्त क्षेप्यास्त्रले रुसको भित्री भागसम्म आक्रमण गरेर रुसलाई वार्ताका लागि बाध्य पार्ने, रुसलाई थप कूटनीतिक दबाब र आर्थिक नाकाबन्दीबाट शान्तिको बाटोमा आउन बाध्य पार्ने र सन् २०२२ मा युक्रेनमाथि भएको पूर्ण आक्रमणका लागि रुसलाई जिम्मेवार ठहर्याउने योजना जेलेनेस्कीसँग रहेको स्रोतहरूलाई उल्लेख गर्दै बीबीसीको खबरमा उल्लेख छ ।
युक्रेनले अमेरिका, बेलायत र अन्य पश्चिमी मित्र राष्ट्रहरूलाई लामो दूरीको क्षेप्यास्त्रको प्रयोगमा लगाइएको प्रतिबन्धलाई हटाउन महिनौंदेखि आग्रह गर्दै आएको छ । तर अमेरिका र अरू सहयोगीले दिएका हतियारले रुसमा आक्रमण गरेमा रुस र नेटोबीच सिधै युद्ध हुने डरले अमेरिका र अरू सहयोगीले युक्रेनको आग्रह स्वीकार गरेका छैनन् ।
सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका नै युक्रेनको सबैभन्दा ठूलो सहयोगी बनेको छ । अमेरिकाले अहिलेसम्म ५६ अर्ब डलर बराबरको सहयोग गरेको छ । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले भने अमेरिकाले युक्रेनलाई दिएको सहयोगलाई पैसाको बर्बादी भन्दै आफू विजयी भएमा २४ घण्टाभित्र युद्ध रोक्ने दाबी गर्दै आउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।