साउनदेखि मंसीरसम्ममा १३ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्य...
पुस ६, २०८१ शनिबार
काठमाण्डौ – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहलाई समाप्त नपारेसम्म लेबनानमा आक्रमण नरोक्ने चेतावनी दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै नेतान्याहुले लेबनानमा आक्रमण नरोक्ने र युद्धविराम पनि नहुने स्पष्ट पार्नुभएको हो ।
इजरायलले अहिले क्रुर शत्रुहरुको सामना गरिरहेको र देशलाई उनीहरुबाट बचाउन आक्रमण गर्नुपरेको नेतान्याहुको जिकिर छ । हिजबुल्लाह लगायत वरपरका आतङ्ककारी सङ्गठन र केही देशले इजरायलीलाई मात्र नभई इजरायलको सभ्यता नै नष्ट गर्न खोजेको आरोप लगाउँदै उहाँले उनीहरुलाई समाप्त पार्ने उदेश्य पूरा नभएसम्म युद्ध नरोक्ने बताउनुभएको हो ।
सम्बोधनको आधा समय इरानलाई गाली गर्न खर्च गर्नुभएका नेतान्याहुले यदि इरानले इजरायलको विनाश चाहन्छ भने इरानको विनाशलाई पनि कसैले रोक्न नसक्ने चेतावनी दिनुभयो । इरानमा आक्रमण गर्नु इराजयलको लागि कुनै ठूलो कुरा नभएको भन्दै उहाँले अहिलेसम्मको धैर्यतालाई कमजोर नठान्न चेतावनी दिनुभयो ।
इजरायलले गएको हप्तादेखि लेबनानमा आक्रमण तीव्र बनाउँदा एकै हप्तामा ६ सय जना भन्दा धेरैको ज्यान गएको छ । अहिले पनि लेबनानको राजधानी बेरुतमा ठूला आक्रमण भइरहेका छन्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।