‘सिधा कुरा डटकम’का पत्रकार ढुङ्गाना र कँडेललाई थुनामा पठाउने सर्वोच्चको फैसला

 असोज १४, २०८१ सोमबार ७:५४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दामा पत्रकारद्वय नवीन ढुङ्गाना र युवराज कँडेललाई थुनामा पठाउने फैसला गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, हरिप्रसाद फुयाल, डा. नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत् पूर्ण इजलासले हिजो गरेको फैसलामा पत्रकारद्वय ढुङ्गाना र कँडेललाई अदालतको अवहेलना ठहर गर्दै थुनामा पठाउने आदेश गरेको हो ।

पत्रकार ढुङ्गाना र कँडेलका हकमा अडियो आफैँ उत्पादन गरेको नभई अर्का प्रत्यर्थी राजकुमार तिमिल्सिनाले उत्पादन गरी ल्याइदिएको तर सामग्रीको परीक्षण नगरी न्यायिक प्रक्रियामा अफवाह फैलाउने कार्य गरेको हुनाले जनही तीन महिना कैद सजाय हुने ठहर गरेको भए पनि पत्रकारद्वयले क्षमायाचना गरी पुनः नदोहोर्‍याउने लिखित प्रतिबद्धता गरेमा सात दिन मात्र थुनामा राखी बाँकी कैद निलम्बन गरिदिने फैसलामा उल्लेख छ ।

अदालतले लिएको बयानका क्रममा पत्रकारद्वयले अदालतको अवहेलना गर्ने नभई केवल प्राप्त सामग्री प्रकाशन गरेको फैसलामा छ । अदालतले राजकुमार तिमिल्सिनाले झुट्टा र काल्पनिक सामग्रीको उत्पादन गरी प्रसारण गर्नका लागि दिएको देखिँदा उक्त कार्यको प्रकृति, गाम्भीर्य र दोषको मात्राअनुसार ६ महिना कैद हुने ठहर गरेको छ ।

अन्तिम अपडेट: पुस ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया