आज विश्व बसोबास दिवस मनाइँदै

 असोज २१, २०८१ सोमबार ९:०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दिगो शहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न शुरू गरिएको विश्व बसोबास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमवार संयुक्त राष्ट्र सङ्घीय मानव बसोबास कार्यक्रम (युएन ह्याबिट्याट) को आह्वानमा यो दिवस मनाउन थालिएको हो ।

नेपालमा भने सन् २००१ देखि सरकारी एवम् गैरसरकारी क्षेत्रबाट यो दिवस मनाउन शुरू गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

यस वर्ष ‘कर्मशील युवा : समुन्नत शहर’नाराका साथ विश्व बसोबास दिवस मनाइँदैछ । यस वर्षको नाराले समुन्नत शहर निर्माणमा कर्मशील युवा वर्गलाई जागरुक बनाउने उदेश्य लिएको छ ।

राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालका नगरपालिकाको जनसङ्ख्या ६६ दशमलव १७ प्रतिशत रहेको छ । समग्र अर्थतन्त्रमा यस क्षेत्रको योगदान ७६ दशमलव एक प्रतिशत रहेको विभागले जनाएको छ ।
      

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया