काठमाण्डौ उपत्यकामा गाडीको चाप घट्यो, मुख्य चाेकहरूमा सामान्य अवस्था

 असोज २१, २०८१ सोमबार १४:३५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आज काठमाण्डौ उपत्यकामा कम गाडी चलेका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दशैँका लागि काठमाण्डौबाट यात्रुहरू गाउँघर जाने क्रम बढेकाले काठमाण्डौ उपत्यकामा आज गाडी कम चलेका हुन् ।

अरू बेला गाडीको निकै चाप हुने काठमाण्डौका मुख्य चोकहरूमा आज भने आलोपालो गरेर सामान्य अवस्थामा नै गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ ।

देशका मुख्य राजमार्गमा पनि आज कुनै अवरोध छैन । बाढी पहिरोले बीपी र कान्ति लोकपथ बन्द रहेको छ । अरू राजमार्गमा कतै पनि अवरोध नरहेको ट्राफिक प्रहरीले जनाएको छ । सडक भासिएर कहिले एकतर्फी र कहिले बन्द हुँदै आएको पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्डमा पनि आज दुईतर्फी नै गाडी चलिरहेका छन् ।

अन्तिम अपडेट: पुस ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया