धाैलागिरिमा ज्यान गुमाएका ५ जना रुसी आराेहीकाे शवकाे अझै उद्धार भएन

 असोज २३, २०८१ बुधबार १५:३०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धौलागिरि प्रथम हिमालको सात हजार ६ सय मिटर उचाइमा ज्यान गुमाएका पाँच जना रुसी आरोहीको शवको अझै उद्धार भएको छैन ।

आरोहणका क्रममा आठ हजार मिटरभन्दा माथि पुगेपछि मौसम खराब भएर फर्किएका ६ जना आइतवार रातिदेखि हराएका थिए । हेलिकप्टरबाट खोजी गर्ने क्रममा हिजो पाँच जनाको शव भेटिएको हो । एक जनाको भने सकुशल उद्धार भएको छ ।

मौसम सफा रहेकोले आज उद्धारका लागि जाने भने पनि बीमा प्रक्रिया टुङ्गो नलागेकोले उद्धार टोली परिचालन गर्न नसकेको ट्रेकिङ एजेन्सी 'आईएम ट्रेकिङ एण्ड एक्सपिडिसन' ले जनाएको छ ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङले पनि उद्धार प्रक्रियाका बारेमा आरोहण व्यवस्थापन कम्पनी र सकुशल उद्धार भएका रुसी आरोहीसँग छलफल गरिरहेको बताउनुभयो । केही प्रक्रिया बाँकी रहेकोले त्यो समाधान गरेर उद्धारका लागि टोली परिचालन गर्ने निर्देशक गुरुङले बताउनुभयो ।

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया