सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – बीपी राजमार्गको काभ्रे रोशी गाउँपालिका पिप्लेखण्डमा ठूलो सुक्खा पहिरो खसेको छ । लामो प्रयासपछि मर्मत गरी १४ दिनपछि खुलेको सडकमा फेरि पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार पहिरोले दुई वटा गाडीमा क्षति पुर्याएकाे छ। तर मानविय क्षति भने भएको छैन । एउटा खाली बस र अर्को खोटाङबाट काठमाण्डौका लागि छुटेको गाडीमा सुक्खा पहिरोले क्षति गरेको हो । ठूलो सक्खा पहिरो खसेकाले तत्काल सडक सञ्चालन हुने अवस्था नरहेको खड्काले उज्यालोलाई जानकारी दिनुभयो ।
यसअघि विभिन्न ठाउँमा क्षति भएको सडकमा डाइर्भसन मिलाएर सञ्चालन गरिएको थियो । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाण्डौ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।