काठमाण्डौ उपत्यकामा आज र भोलि नेपाल प्रहरीको निःशुल्क बस सेवा

 असोज २५, २०८१ शुक्रबार ११:५९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रहरीले काठमाण्डौ उपत्यकामा आज दुई वटा बस निःशुल्क सञ्चालन गरेको छ । निःशुल्क सञ्चालन गरिएका यी बस टीकाको मुख्य दिन भोलि पनि चल्नेछन् ।

दशैँ मनाउन सार्वजनिक गाडीका चालक र सहचालक पनि आफ्नो घर जाने, गाडी पनि कम चल्ने भएकाले सर्वसाधारणको आवतजावतका लागि केही सुविधा पुगोस् भन्ने उदेश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहारी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार एउटा बसले रिङरोड भित्रका सर्वसाधारणलाई र अर्को बसले रिङरोड बाहिरका सर्वसाधारणलाई सेवा दिनेछ । निःशुल्क बस सेवाको एक नम्बर रुटले प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी त्यहिँ रुटबाट नक्सालसम्म फिर्ता हुनेछ ।

त्यसैगरी, अर्को दुई नम्बरको रुटमा नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्नेछ । यी बस बिहान साढे ८ बजे र दिउँसो चार बजे गरी दुई सिफ्ट चल्नेछन् । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया