सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डाै – दशैँको मुख्य दिन आज ठूलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुका साथै पश्चिमी वायुकोसमेत सामान्य प्रभाव रहेकाले यी ठाउँमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झा अनुसार आज तीन वटा प्रदेशका पहाडी केही भागका हल्का वर्षाको सम्भावना छ । वर्षा भए पनि खासै ठूलो पानी पर्ने सम्भावना छैन । दशैँको टीका विथोल्ने किसिमको ठूलो पानी पर्ने अवस्था नरहेको मौसमविद् झाले जानकारी दिनुभयो ।
देशका बाँकी अरू भागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ । न्यूनतम तापक्रम क्रमशः घट्र्दै गएकाले काठमाण्डौमा सामान्य चिसो बढेको छ । अबको हप्ता न्यूनतम तापक्रम घट्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।