हात्तीकाे आक्रमणबाट इलाम र बारामा एक/एक जनाकाे ज्यान गयाे

 असोज २९, २०८१ मंगलबार १२:५६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – इलामको चुलाचुली गाउँपालिका–१ मा हात्तीको आक्रमणबाट ७३ वर्षीय राजकुमार राईको ज्यान गएको छ । हिजो बेलुका गाउँ पसेका हात्ती भगाउन जाँदा हात्तीको आक्रमणमा परी राई घाइते हुनुभएको थियो । राईलाई झापाको दमकमा रहेको लाइफलाइन अस्पताल लगिएकामा उपचारका क्रममा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

यसैबीच हिजो नै बारामा हात्तीको आक्रमणबाट कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षका हस्तबहादुर थोकरको ज्यान गएको छ । जङ्गलमा घाँस काट्ने क्रममा हात्तीले आक्रमण गरेको प्रहरीको भनाइ छ ।

यसैबीच सर्लाहीको बरहथवा–९ मुर्तियामा जङ्गली हात्तीले धानबाली नष्ट पारेको छ । गएराति आएको तीन वटा जङ्गली हात्तीले ३५ बिघा क्षेत्रमा लगाएको धानबाली खाएर नष्ट पारेको स्थानीयवासीले बताएका छन् ।

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया