रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – आज पनि बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदैछ । हिजो छुटेका बालबालिकालाई आज भिटामिन 'ए' र जुकाको औषधि खुवाउने स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले जानकारी निुभयो ।
शाखा प्रमुख थापाले सात सय ५३ वटै पालिकामा औषधि खुवाउने व्यवस्था रहेको भन्दै पायक पर्ने विद्यालय, वडा कार्यालय वा खोप केन्द्रहरूमा लगेर बालबालिकालाई औषधि खुवाउन आग्रह गर्नुभयो ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन 'ए' क्यापसुल तथा एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि खुवाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।