ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाडौं – सरकारले विदेशबाट सीप आर्जन गरेर फर्किएका युवालाई सीप प्रमाणिकरण गर्नका लागि निवेदन दिन आह्वान गरेको छ । आउँदो पुस ११ गतेसम्म सरकारले तोकेको बिभिन्न ठाउँमा आफूसँग भएको सीप प्रमाणिकरणको लागि निवेदन दिन सकिने छ ।
२० वटा पेशाको सरकारले प्रमाणिकरण गर्दैछ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सीप प्रमाणिकरणको जिम्मा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, राष्ट्रिय सीप परीक्षण समितिलाई दिएको छ ।
समितिले नै फारम संकलन तथा सीप परीक्षण र प्रमाणिकरण गराउने छ । विदेशबाट सीप सिकेर फर्किएका र सीप परीक्षण गराउन चाहने व्यक्तिले राष्ट्रिय सीप परीक्षण समितिको वेवसाइट तथा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको वेवसाइटबाट फारम डाउनलोड गरेर आउँदो पुस ११ गतेसम्म निवेदन दिन सक्नेछन् ।
समितिबाट यसरी सीप प्रमाणिकरण गराउँदा र फारम भर्दा कुनै पनि शुल्क नलाग्ने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।
विदेशबाट सीप आर्जन गरेर फर्किएका युवाको सीप प्रमाणिकरणका लागि सातै प्रदेशमा केन्द्रहरु तोकिएको छ ।
प्रदेश १ अन्तर्गत झापामा, दमक टेक्निकल एजुकेशन फाउन्डेशन प्रालि र सुनसरीमा पाथिभरा हिमालयन पोलिक्लिनक प्रालिमा सीप प्रमाणिकरणका लागि निवेदन दिन सकिनेछ ।
प्रदेश २ अन्तर्गत सिरहामा लहान प्राविधिक शिक्षालयमा, धनुषामा विपी मेमोरियल पोलिटेक्निक इन्स्टिच्युटमा र पर्सामा बीरगंज इन्स्टिच्युटमा अफ टेक्नोलोजी बीरगंजमा निवेदन दिन सकिनेछ ।
त्यसैगरी प्रदेश ३ अन्तर्गत मकवानपुरमा, नेपाल भारत मैत्री पोलिकिलनिक इन्स्टिच्युटमा हेटौंडामा, चितवनमा नारायणी पोलिटेक्निक इन्स्टिच्युट भरतपुरमा, भक्तपुरमा राष्ट्रिय सीप परीक्षण समिति सानोठिमीमा र काठमाडौंमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा निवेदन दिन सकिनेछ ।
प्रदेश ४ अन्तर्गत कास्कीमा पोखरा प्राविधिक शिक्षालय फूलबारीमा र बाग्लुङमा धौलागिरी पोलिटेक्निक इन्स्टिच्युट बलेवामा, प्रदेश ५ अन्तर्गत रुपन्देहीमा कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी रामनगरमा, दाङमा राप्ती प्राविधिक शिक्षालय लालमटियामा र बाँकेमा भेरी प्राविधिक शिक्षालय नेपालगञ्जमा निवेदन दिन सकिनेछ ।
प्रदेश ६ अन्तर्गत सुर्खेतमा घरेलु तथा साना उद्योग विकास समितिको कार्यलयमा र जुम्लामा कर्णाली प्राविधिक शिक्षालय र प्रदेश ७ अन्तर्गत कैलालीमा धनगढी कलेज अफ इन्फरमेशन टेक्नोलोजी प्रालिमा, कन्चनपुरमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगरमा र डोटीमा सेती प्राविधिक शिक्षालय दिपायलमा निवेदन दिन सकिने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।
सरकारले सीप परीक्षण तह १ का लागि २० वटा पेशाको सीप प्रमाणिकरण गर्ने भएको छ ।
त्यसमा विल्डिङ पेन्टर, सटरिङ कार्पेन्ट्री, असिस्टेन्ट व्युटिसियन, हाउसकिपिङ क्लिनर, रेफ्रिजेरेसन एण्ड एअर कण्डिसन जुनियर मेकानिक्स, एक्साभेटर अपरेटर, फर्निचर मेकर, स्टोन लेयर मेशन डकर्मी, असिस्टेन्ट वेटर र आर्क वेल्डरको सीप समेटिएको छ ।
त्यसैगरी स्टक्चरल फेब्रिकेटर, जुनियर प्लम्बर, विल्डिङ इलेक्ट्रिसियन, आल्मुनियम फेब्रिकेटर, सेक्युरिटी गार्ड, स्काप फोल्डर, इन्ड्रस्टियल इलेक्ट्रसियन, कमि तेस्रो र टेलरिङ पेशको सीप प्रमाणिकरण समितिले गर्ने छ ।
नागरिकताको प्रतिलिपि
पासपोर्टको प्रतिलिपि र स्वदेश फर्किंदा अध्यागमनबाट छाप लागेको पाना समेत बुझाउन पर्नेछ ।
वैदेशिक रोजगारीमा गएको प्रमाणित हुने अन्य कागजहरु ।
हालसालै खिचेको पासपोर्ट साइजको फोटोकपी दुई प्रति ।
सरकारले सीप परीक्षण तह १ का लागि २० वटा पेशाको सीप प्रमाणीकरण गर्छ । यो वर्ष एक हजार जनाको सीप परीक्षण हुने सरकारको अनुमान छ । एक हजार जनाभन्दा माथि आवेदन आएमा श्रोतको सुनिश्चितताको पछि मात्रै सीप परीक्षण हुने बोर्डले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।