समयमै काम नगर्ने ठेकेदारलाई कडा कारबाही हुन्छ : अध्यक्ष प्रचण्ड

 जेठ २९, २०७५ मंगलबार १३:५१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण कार्यमा लापरबाही गर्ने ठेकेदारलाई कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ । 

अध्यक्ष दाहालले समयमै गुणस्तरीय काम नगरे आफ्नै घरबेटीलाई कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष दाहालका घरबेटी शारदा अधिकारीले लिएको ठेक्काको काममा पनि लापरबाही भइरहेको गुनासो आइरहेको छ ।

अध्यक्ष दाहालले समयमै गुणस्तरीय काम नगरे आफ्नै घरबेटीलाई पनि कारबाही हुने बताउनुभयो । मंगलबार चितवनको भरतपुर विमानस्थलमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले ठेकेदारमाथि कारबाहीको  विषयलाई लिएर गृहमन्त्री रामबहादुर थापालाई बोलाएर आफूले निर्देशन दिएको भन्ने समाचारमा सत्यता नरहेको दाबी समेत गर्नुभयो ।

अध्यक्ष दाहालले मुलुकको राष्ट्रिय एकतालाई कायम राख्न र विकास तथा समृद्धिको एजेन्डालाई नयाँ संकल्पका साथ अघि बढाउन राष्ट्रिय जनता पार्टी, नेपाललाई पनि सरकारमा ल्याउने प्रयास भइरहेको बताउनुभयो । उहाँले राष्ट्रिय जनता पार्टी, नेपाललाई सरकारमा सहभागी गराउन कुनै समस्या नरहेको पनि बताउनुभयो ।

अध्यक्ष दाहालले आवश्यक परेकाले संघीय संसद अन्तरगतको दुवै सदनको नियमावली पारित गर्दा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससँग पनि सहमति गर्नु परेको स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया