पुसको पहिलो हप्ताबाट संघीय संसदको हिउँदे अधिवेशन सुरु हुने

 मंसिर १२, २०७५ बुधबार १५:५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संघीय संसदको हिउँदे अधिवेशन पुस पहिलो हप्ताबाट सुरु हुने भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदको हिउँदे अधिवेशन पुुस पहिलो साताबाट सुरु हुने जानकारी दिनु भएको हो । बुधबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले नेपाली कांग्रेसको महासमिति बैठक पनि परेकाले पुसको पहिलो हप्ता अघि संसदको हिउँदे अधिवेशन बोलाउन सकिने अवस्था नरहको पनि स्पष्ट पार्नुभयो ।

संसदको हिउँदे अधिवेशनमा संविधानसँग बाँझिएका सबै कानुन संशोधन गर्ने सरकारको तयारी छ । अध्यक्ष तिमिल्सिनाले संसदीय समितिहरुलाई ठोस कार्ययोजना बनाएर सरकारको काम, कारबाहीको अनुगमन गर्ने काममा तीव्रता दिन पनि सचेत गराउनुभयो ।

उहाँले समितिको कामलाई प्रभावकारी बनाउन समय–सीमा नै तोकेर अनुगमनको योजना तय गर्नुपर्ने स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया