वाइडबडी विमान खरिदमा अनियमितता गर्नेमाथि सरकारले कडा कार्बाही गर्छ: मन्त्री अधिकारी

 मंसिर १२, २०७५ बुधबार १६:१४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैंं - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले वाइडबडी विमान खरिदमा अनियमितता गर्नेमाथि सरकारले कडा कार्बाही गर्ने चेतावनी दिनु भएको छ ।

मन्त्री अधिकारीले सो विमान खरिद प्रकरणको छानबिन गरिरहेका संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि गम्भीरतापूर्वक छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्नुभयो ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले नेपाल एयेरलाइन्सलाई कम्जोर बनाउने नियतका साथ छानबिन गर्ने काम भने नगर्न पनि पटक–पटक सम्बन्धित निकायलाई सचेत गराउनु भयो । मन्त्री अधिकारीले सो विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको दोहोर्‍याउँदै गलत गर्नेमाथि कडा कार्बाही गर्न मन्त्रालय तयार रहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले छानबिन गर्ने निकायलाई सरकारले आवश्यक सहयोग गरिरहेको पनि बताउनुभयो । मन्त्री अधिकारीले संसदीय समिति, अख्तियारलगायतका छानबिन गर्ने निकायको प्रतिवेदन नआएसम्म सो सम्बन्धमा धैर्यता गर्न पनि सबैलाई आग्रह गर्नुभयो । उहाँले नेपाल एयरलाइन्सलाई प्रभावकारी बनाउन रणनीतिक साझेदारीको खोजी भइरहेको पनि जानकारी दिनुभयो ।

मन्त्री अधिकारीले आउँदाे मार्चभित्र वाइडबडी विमानलाई ‘फूल फेज’मा संचालन गर्ने योजना पनि अघि सार्नुभयो । मन्त्री अधिकारीले सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन नयाँ-नयाँ गन्तव्यको खोजी कार्यलाई तीव्रता दिइएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले एक वर्षभित्र नेपालको कूल गार्हस्थ उत्पादनमा कम्तिमा १० प्रतिशत योगदान दिने गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । मन्त्री अधिकारीले नौं महिनाभित्र भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने पनि बताउनुभयो ।

मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई पनि सुरु गर्ने तयारी गरिरहेको बताउनु भयो ।

 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया