ऐतिहासिक चुरियामाई सुरुङमार्ग अवलोकन गर्न सर्वसाधरणको लागि ख...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – यस वर्षको तिहारका लागि दुई लाख वटा मखमली फूलको माला निर्यात हुने भएको छ । फ्लोरिकल्चर एसोसिएशन नेपाल (फ्यान) का अनुसार यस वर्ष गएको वर्षभन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो । गएको वर्ष एक लाख ५० हजार मखमली माला निर्यात भएको थियो ।
एसोसिएशनका प्रतिनिधि दिलीप बादेका अनुसार नेपालबाट निर्यात हुने मखमलीको माला विशेषगरी अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया, युरोपका केही देश र केही खाडी देशमा जाने गरेको छ । यस वर्ष पोहोरको भन्दा माग धेरै छ । नेपालीहरु बसोबास गर्ने देशमा तिहारका बेला मखमलीको माग हुन्छ ।
पछिल्लो समय काठमाण्डौ उपत्यकासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ जिल्लामा पुष्पखेती विस्तार भएको छ ।
यसपालिको तिहारमा सयपत्री केही अभाव हुनसक्ने अनुमान व्यवसायीको छ । सयपत्री फूल भारतबाट आयात गरिएको छैन । सरकारले प्रतिबन्ध लगाएको हुनाले नेपाल–भारत सिमानासँगै क्वारेन्टाइन चेकपोस्टमा कडाइ गरेर अवैध रूपमा भित्रिने सयपत्री फूल नष्ट गर्न थालिएको छ ।
तिहारमा सयपत्री, गोदावरी र मखमली गरी झन्डै ४५ लाखको सङ्ख्यामा फूलको माला आवश्यक पर्ने अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।