रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताउनुभएको छ । उहाँले सरकार ढाल्नतर्फ लाग्दा फेरि नागरिकमा हैरानी हुने उल्लेख गर्नुभयाे ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रचण्डले आफूले सरकारलाई पटक पटक राष्ट्र र नागरिकप्रति अझ गम्भीर र संवेदनशील होस् र सकारात्मक काम गरेर जाओस् भन्ने आग्रह गरे पनि भ्रष्टाचारीलाई जोगाउनेबाहेक काम गर्न नसकेको बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘सय दिनसम्मको काम हेर्दा यो सरकार सफल भएको मान्न सकिँदैन । सरकार असफल नै छ । मैले सरकारलाई राष्ट्र र नागरिकप्रति अझ गम्भीर र संवेदनशील होस्, सकारात्मक काम गरेर जाओस् भनेकाे छु । यो सरकार अहिले नै ढाल्नुपर्छ भन्ने मेराे र माओवादी केन्द्रकाे मनशाय छैन । सरकार ढाल्नतिर लागेर नागरिकलाई हैरानी दिन मन छैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।