पोखरामा हावाहुरीसहित परेको असिनापानीले धानबालीमा क्षति

 कात्तिक २०, २०८१ मंगलबार ७:५८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – पोखरामा हावाहुरीसहित परेको असिना पानीले धानबालीमा क्षति गरेको छ । हिजो दिउँसो हावाहुरी र पानीसँगै परेको असिनाले भित्राउने बेलाको धान झारेको किसानले बताएका छन् । असिनाले काटेर राखेको धानबालीमा पनि नोक्सानी गरेको छ ।

त्यस्तै देशका अरु ठाउँमा पनि धानबालीमा केही असर पुगेको छ । भक्तपुरका किसानले लगाएको धान पानीका कारण ढलेको छ । यसपालि मनसुनले साथ दिएकाले धानको उत्पादन बढ्ने अनुमान थियो तर, बाली भित्राउने बेला परेको असिनापानीले कतै कतै क्षति गरेको छ ।

यस्तै असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले पनि धानबालीमा नोक्सानी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अहिलेको वर्षा र अघिल्लो महिनाको अविरल वर्षापछि बाढी/पहिरोले धानबालीलाई केही क्षति पुर्‍याएको तर यसवर्ष धानको उत्पादन अवस्था कस्तो हुन्छ भनेर विश्लेषण गर्ने काम भइरहेको जनाएको छ ।

मन्त्रालयले मनसुनजन्य विपद्का कारण धान खेतीमा भएको क्षतिसम्बन्धी विस्तृत आँकलन निकाल्न प्रादेशिक गोष्ठी गर्ने तयारीसमेत गरेको कृषि मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै प्रदेशबाट सङ्कलित तथ्याङ्कलाई समेटेर क्षतिको यकिन तथ्याङ्क निकाल्न लागिएको छ । 
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया